images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • धरान (सुनसरी), ९ पुसः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ । 
     
    प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा (इएचएस) सेवाका बिरामीका लागि दुई घण्टाभित्र तथा बाह्य तथा भर्ना (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि तीन घण्टाभित्र उक्त सेवा उपलब्ध गराइनेछ ।
     
    उक्त प्रयोजनका लागि हाल सञ्चालनमा रहेका आपतकालीन ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी ‘केन्द्रीय प्रयोगशाला यही पुस ५ गतेदेखि सञ्चालन सुरु गरिएको प्रधानले जानकारी दिईन।
     
    यसअघि आपतकालीन ल्याबबाट सीमित प्रकारका परीक्षण मात्र उपलब्ध हुँदै आएको थियो । नयाँ व्यवस्थाले रुटिन ल्याब र आपतकालीन ल्याबमा छुट्टाछुट्टै नमुना पठाउनुपर्ने दोहोरो प्रक्रिया अन्त्य हुनेछ । साथै वार्ड राउन्डका क्रममा बिरामीको प्रयोगशाला परीक्षण रिपोर्ट समयमै र सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको प्रवक्ता प्रधानको भनाइ छ ।
     
    प्रयोगशाला नमुना सङ्कलन आपतकालीन, आइपिडी तथा इएचएस (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि चौबिसै घण्टा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend