images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • क्यान्सर उपचार सेवा अब पोखरा स्वास्थ्य...

क्यान्सर उपचार सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

क्यान्सर उपचार सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा क्यान्सर उपचारको सेवा विस्तार गरिएको छ । प्रतिष्ठानले क्यान्सर उपचार सेवाको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सम्झौता गरेको हो ।

    images
    images

    सम्झौता अनुसार प्रतिष्ठानलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विशेषज्ञ सहयोग गर्नेछ । अस्पतालका कार्यकारी निर्देशक डा। शिव पौडेल र प्रतिष्ठान पोखराका निर्देशक भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

    सम्झौता कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा विस्तारले गण्डकीका बिरामीलाई सेवा लिन सहज हुने बताए । उनले स्वास्थ्य उपचार खर्चिलो हुँदै गएकाले बीमामार्फत उपचार हुने व्यवस्थाका लागि सरकारले बीमाको रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउन 
    सम्झौता अनुसार विस्तारित सेवाको हकमा क्यान्सर अस्पतालले महिनाको कम्तीमा एकपटक बहिरङ्ग, अन्तरङ्ग एवं उपचार समेत समेटेर सेवा प्रदान गर्नेछ । सेवा दिनको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गर्ने, सेवाग्राहीलाई सेवाबारे सूचना, कार्यतालिका र सेवा विवरणबारे जानकारी गराउनुपर्ने छ । 

    images
    images

    सम्झौता असोज १ गतेदेखि २०८२ असार मसान्त सम्मका लागि भएको प्रतिष्ठानका निर्देशक खत्रीले जानकारी दिए । यसअघि यहाँका बिरामी अन्यत्रै गएर उपचार गर्थे । प्रदेश सरकारले क्यान्सर उपचारका लागि विभिन्न अस्पतालसँग सम्झौता पनि गरेको छ । यसअघि प्रतिष्ठानमा सामान्य उपचार भएपनि अवस्था जटिल भएपछि भरतपुर वा काठमाडौँ पुग्नुपर्थ्यो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend