images

२०८३ आश्विन १९ गते

images
images
images

बूढानीलकण्ठमा लाइभ कन्सर्ट गर्दै ‘कुटुम्ब’

बूढानीलकण्ठमा लाइभ कन्सर्ट गर्दै ‘कुटुम्ब’

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ । नेपाली रैथाने तथा नेवारी सङ्गीतको प्रवर्द्धन गर्दै आएको चर्चित म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौँमा लाइभ म्युजिक प्रस्तुत गर्ने भएको छ ।बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फार्म हाउसमा यहि पुस २६ गते (जनवरी १०)मा कुटुम्बले लाइभ कन्सर्ट  गर्न लागेको हो ।

    images
    images

    साँझ ५ बजेबाट सुरु हुने उक्त लाइभ कार्यक्रममा ‘कुटुम्ब’ले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुनहरू पनि प्रस्तुत गर्नेछ । नेवारी रैथाने गीतसंगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको ‘कुटुम्ब’को प्रस्तुति दर्शकका लागि विशेष हुने आयोजकको विश्वास छ । २९ रिसोर्ट एन्ड फार्म हाउसका अनुसार धेरै भिडभाड नहोस् र दर्शकलाई शान्त, सुरक्षित र गुणस्तरीय सांगीतिक अनुभव दिन सकियोस् भन्ने उद्देश्यले सीमित टिकटको व्यवस्था गरिएको हो ।२९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालक दिमेश श्रेष्ठ, किरण श्रेष्ठ, सुसान्त श्रेष्ठ र कुमार श्रेष्ठ रहेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend