images

२०८३ आश्विन १९ गते

images
images
images

स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

images
images
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउँदै यस क्षेत्रमा उल्लेख्य सुधार गर्दै गएको छ । उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकललगायत कार्यक्रम सञ्चालन गर्दै नागरिकका घरदैलोमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने अभियानको सुरुआत गरेको हो ।विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा गोपाल हमाल निर्वाचित भएपछि विसं २०७९ साउनदेखि उनले वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेका हुन्। ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरेसँगै आर्थिक अवस्था कमजोर भएका नागरिक लाभान्वित भएका छन् ।

    images
    images

    चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट १५ हजार २३ जनाले सेवा लिएका उक्त कार्यक्रमका स्रोतव्यक्ति कृष्ण बोहराले जानकारी दिए । उनका अनुसार सो अवधिमा ११ हजार १९४ महिला र तीन हजार ८२९ जना पुरुषले सेवा लिएका छन् ।उनका अनुसार सो कार्यक्रमका लागि एकजना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिँदै आइएको छ ।

    स्रोतव्यक्ति बोहराले सो अवधिमा नौ हजार ३१० जनाले जलरल फिजिसियनबाट, एक हजार ५८० महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र चार हजार १३३ जनाले आँखा रोगसम्बन्धी सेवा लिएका छन् ।क्लिनिकमा नौ हजार ७७१ जनाले प्रयोगशाला सेवा, एक हजार ७७३ जनाले इसिजी सेवा, एक हजार ९०१ गर्भवतीले सेवा लिएकामा सात सय २२ जनाले अल्ट्रासाउण्ड सेवा लिएका भन्दै ७० वर्षभन्दामाथि तीन हजार ७३५ जनाले सेवा लिएका उनले जानकारी दिए । विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम प्रत्येक महिना १९ वटै वडामा सञ्चालन हुँदै आएको स्रोतव्यक्ति बोहराको भनाइ छ । गत आर्थिक वर्षमा उक्त कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० जना पुरुषले सेवा लिएका धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

    images
    images

    उपमहानगरले ‘आमा बचाउ’ अभियानसमेत सञ्चालनमा ल्याएको छ । गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले उपमहानगरले ‘आमा बचाउ’ अभियान सञ्चालनमा ल्याएको हो ।आव वर्ष २०७९/८० को मङ्सिर महिनादेखि उपमहानगरले सञ्चालनमा ल्याएको सो अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुँदै आएका छन् । सो अभियानबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय ३३ जना महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएका उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । उनले आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पुर्‍याउन उपमहानगरले चार वटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend