images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • रास्वपाको समानुपातिक उम्मेदवारका लागि ३२५ जनाको...

रास्वपाको समानुपातिक उम्मेदवारका लागि ३२५ जनाको आवेदन

रास्वपाको समानुपातिक उम्मेदवारका लागि ३२५ जनाको आवेदन

images
images
शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ।आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जनाएको छ। आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ। आवेदकहरूसँग ५ पुसमा छलफल गरिने भएको छ। छलफलको सहजीकरणको लागि प्रदेशगत नेताहरू तोकिएको छ।सात वटै प्रदेशबाट ३५२ जनाले उम्मेदवार बन्न आवेदन हालेका थिए। पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास भन्दै आवेदन मागेको थियो। समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका ३५२ जनाको नाम पुस ३ गते सार्वजनिक भएको हो। जसमा सबैभन्दा धेरै बागमती प्रदेशबाट ९४ जना छन् भने कर्णालीबाट २० जना मात्र छन्। यस्तै कोशी प्रदेशबाट ६० जना, मधेशबाट ६१ जना, गण्डकीबाट ४३ जना, लुम्बिनीबाट ४४ जना र सुदूरपश्चिमबाट ३० जनाले आवेदन दिएका छन्।

    images
    images

    सार्वजनिक गरिएको तालिका अनुसार पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको र प्राप्त दाबी विरोध उपर छानबिन गरी पुस ५ गते उम्मेदवारहरूसँग सातै प्रदेशमा छलफल तथा पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन र प्रारम्भिक चुनाव गरी पुस १४ गतेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेपार्टीका उम्मेदवार छनोट समिति संयोजक एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले जानकारी दिए।कोशी प्रदेशमा विपिन कुमार आचार्य, निशा डाँगी, अशोक कुमार चौधरी, सरिन तामाङलाई जिम्मेवारी दिइएको छ । मधेस प्रदेशमा मनिष झा, राजन गौतम, बिन्दबासिनी कंसाकार, तपेश्वर यादवले जिम्मेवारी पाएका छन्। यस्तै बागमती प्रदेशमा बिराज भक्त श्रेष्ठ, डा। तोसिमा कार्की, रामकृष्ण भट्टराई, उपेन्द्र पाण्डे रहेका छन्। गण्डकी प्रदेशमा शिशिर खनाल, असिम शाह, शिव नेपाली, मोहन थापा, राजन गौतम रहेका छन् । यसैगरी लुम्बिनी प्रदेशमा गणेश पराजुली, क्रान्ति शिखा धिताल, लक्ष्मी तिवारी, देवराज पाठक छन्।कर्णाली प्रदेशमा हरि ढकाल, बिनिता कठायत र मदन खड्का र सुदूरपश्चिममा दिपकराज बोहरा, ध्रुव गिरी, प्रकाश विष्ट रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend