images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई...

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • धनगढी । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठुला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माणलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग ज्ञापनपत्र बुझाएको छ।बुधवार जिल्लाका विभिन्न विकास आयोजना अनुगमनका लागि आएका मन्त्री घिसिङलाई सङ्घले मागपत्र बुझाएको हो। सङ्घका अध्यक्ष पीताम्बर जोशीले सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा मन्त्री घिसिङलाई सो ज्ञापनपत्र हस्तान्तरण गरे।

    images
    images

    ज्ञापनपत्रमा महाकाली करिडोरको शीघ्र निर्माण, सुख्खा बन्दरगाह निर्माण तथा मझगाउँ विमानस्थल निर्माणमा देखिएका कानुनी अड्चन तत्काल समाधान गरी निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ। यस्तै सीमा क्षेत्रका विभिन्न समस्या समाधान गर्न पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

    उद्योगी व्यवसायीले ‘डिमान्ड लाइन’बापत तिर्नु परिरहेको विद्युत्को चर्को शुल्क तथा आम उपभोक्ताले विद्युत् उपभोग गरेबापत तिर्दै आएको अत्यधिक विलम्ब शुल्क घटाउनुपर्ने माग पनि सङ्घले गरेको छ। सङ्घका अध्यक्ष जोशीले कञ्चनपुरका विकास आयोजना समयमा सम्पन्न नहुँदा आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै कानुनी झमेलाका कारण अलपत्र परेका योजनालाई सहज बनाउनमन्त्री घिसिङसँग माग गरे। मन्त्री घिसिङले सङ्घका मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend