images

२०८३ आश्विन १६ गते

images
images
images

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • बागमती। चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् रु १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।घरजग्गा रजिष्ट्रेशन ९मालपोत० र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा साउन देखि मङ्सिर सम्ममा लक्ष्यको २८ दशमलव ६३ प्रतिशतअर्थात् रु आठ अर्ब ८४ करोड ४७ लाख ७७ हजार राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सन्यालले जानकारी दिए।

    images
    images

    उनका अनुसार घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पाँच महिनामा रु एक अर्ब ६६ करोड ८५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।सवारीसाधन जाँचपास, रुट अनुमति, सवारीचालक अनुमतिपत्र वितरण तथ नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट रु आठ अर्ब २५ करोड सङ्कलन गर्ने अनुमान गरेकामा हालसम्ममा रु दुई अर्ब ९५ करोड ८६ लाख २३ हजार राजस्व सङ्कलन गरेको छ ।यसैगरी प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरेकामा रु तीन अर्ब छ करोड ८६ लाख ७१ हजार सङ्कलन गरेको छभने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरेकामा रु एक अर्ब सात करोड २३ लाख ५९ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा पाँच महिनामा ३८ दशमलव ३८ प्रतिशतअर्थात् रु पाँच अर्ब ६८ करोड ७५ लाख ३० हजार प्राप्त भएको अधिकृत सन्यालले बताए।चालु आवमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा लक्ष्यको ३१ दशमलव ४४ प्रतिशतअर्थात् रु एक अर्ब ५० करोड २१ लाख ९७ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेननी प्रदर्शनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend