images

२०८३ आश्विन १६ गते

images
images
images

पाँच महिना बित्दा २५ बैंक तथा वित्तीय संस्थाले मात्रै बोलाए साधारणसभा

पाँच महिना बित्दा २५ बैंक तथा वित्तीय संस्थाले मात्रै बोलाए साधारणसभा

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • काठमाडौँ । आर्थिक वर्षको पहिलो पाँच महिना सकिँदा सञ्चालनमा रहेका दुई दर्जन बैंक तथा वित्तीय संस्थाले मात्रै साधारणसभा बोलाएका छन् । सञ्चालनमा रहेका ५४ बैंक तथा वित्तीय संस्थामध्ये २४ वटाले मात्रै वार्षिक साधारणसभा बोलाएका हुन् । हाल २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी सञ्चालनमा रहेका छन् ।वाणिज्य बैंकमध्ये अहिलेसम्म १२ वटाले साधारणसभा बोलाएका छन् । यसमध्ये ८ वटाको साधारणसभा सम्पन्न हुँदा बाँकी दुई वटाको साधारणसभा हुन बाँकी छ । हालसम्म सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, सानिमा बैंक र ग्लोबल आईएमई बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् भने नेपाल एसबीआई बैंक र लक्ष्मी सनराइज बैंकको साधारणसभाको मिति घोषणा गरिएको छ ।

    images
    images

    त्यस्तै, विकास बैंकमध्ये मितेरी विकास बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् । सांग्रीला डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको साधारणसभा हुन बाँकी रहेको छ ।फाइनान्स कम्पनीतर्फ तीन कम्पनीको मात्रै साधारण तय भएको छ । यसमध्ये आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न भइसकेको छ । जानकी फाइनान्सले साधारणसभा बोलाए पनि सम्पन्न भइसकेको छैन ।लघुवित्त संस्था साधारणसभाको मामिलामा झनै कमजोर देखिएका छन् । हालसम्म तीन कम्पनीको साधारणसभा सम्पन्न हुँदा थप २ कम्पनीले साधारणसभा बोलाएका छन् । 

    यसरी साधारणसभा सम्पन्न भएका कम्पनीहरूमा आरएसडीसी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् ।साना किसान विकास लघुवित्त र आशा लघुवित्तले साधारणसभा बोलाएका छन् । अहिले बजारमा ४९ वटा सूचीकृत लघुवित्त वित्तीय संस्था रहेका छन् । पूर्वाधार विकास बैंकको साधारणसभा सम्पन्न भइसकेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend