images

२०८३ आश्विन १९ गते

images
images
images

महिला स्वास्थ्य स्वयंसेविकालाई विद्युतीय इन्डक्सन चुलो

महिला स्वास्थ्य स्वयंसेविकालाई विद्युतीय इन्डक्सन चुलो

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • बैतडी ।  बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूको कार्य बोझ घटाउन विद्युतीय इन्डक्सन चुलो वितरण गरेको छ ।गत मंसिर १९ गते महिला स्वास्थ्य स्वयंसेविका दिवसको दिनदेखि नगरपालिकाभित्रका सबै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई विद्युतीय इन्डक्सन चुलो वितरण गरिरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदन महराले बताए ।‘स्वास्थ्य स्वयंसेविका घरका लागि दाउरा खोज्न व्यस्त हुँदा यो चुलोले उनीहरूको कार्य बोझ कम गर्छ,’ उनले भने, ‘यसले उनीहरूको समय बचत गर्नुका साथै नगरपालिकाको उनीहरूप्रतिको सम्मान पनि हो ।’ नगरपालिकाभरिका १०९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई यो चुलो वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

    images
    images

    हालसम्म ९४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई विद्युतीय इन्डक्सन चुलो वितरण गरिसकिएको र बाँकीलाई पनि वितरणको कार्य भइरहेको उनले बताए । चुलोसँगै चुलोमा लाग्ने इन्डक्सन बेससहित एक थान प्रेसर कुकर र एक थान कराही पनि प्रदान गरिएको छ ।आफूहरूले यो चुलो पाएपछि जंगलमा दाउरा खोज्न जाने समय बचत हुने स्वास्थ्य स्वयंसेविका निर्मला केसीले बताइन् । ‘अब दाउरा खोज्न जाने समय समुदायको सेवामा लगाउँछौँ,’ उनले भनिन्, ‘यसले हामीलाई अझ जिम्मेवार भएर सेवा गर्न प्रेरित गरेको छ ।’महिला स्वास्थ्य स्वयंसेविकाहरूले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्दै आएकाले नगरपालिकाले उनीहरूको सम्मान स्वरूप यो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend