images

२०८३ आश्विन २० गते

images
images
images

भोलिदेखि ललितपुरमा इन्द्रजात्रा सुरु हुने

भोलिदेखि ललितपुरमा इन्द्रजात्रा सुरु हुने

images
images
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रममा र पूजासहित जात्रा सुरु हुनेछ ।

    images
    images

    जात्राको दोस्रो दिन लाखे नाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ ।

    मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ ।

    images
    images

    अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले जनाए । उनले भने “इन्द्राजात्रा निकै ऐतिहासिक जात्रा हो । यो बाह्रौँ शताब्दीदेखि सुरु भएको किंवदन्ती छ । लतिलपुरमा भने सहकालको देवताका रूपमा मनाइने इन्द्रजात्रा ४० वर्षदेखि रोकिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने यो जात्राको संरक्षणका लागि गत वर्षदेखि हामीले सुरुआत गरेका छौँ ।”

    वाद्यवादनका लागि काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाको बाज खलक सहभागी हुने र देवतालाई आयोजक समितिले तोकेअनुसार नौ ठाउँमा बिसाउने जनाइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend