images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • औषधि व्यवस्था विभागद्वारा भरतपुर अस्पतालको फार्मेसी...

औषधि व्यवस्था विभागद्वारा भरतपुर अस्पतालको फार्मेसी सेवाको निरीक्षण

औषधि व्यवस्था विभागद्वारा भरतपुर अस्पतालको फार्मेसी सेवाको निरीक्षण

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • चितवन । औषधि व्यवस्था विभागले भरतपुर अस्पतालमा सञ्चालित फार्मेसी सेवाको निरीक्षण तथा अनुगमन गरेका छन्।विभागका महानिर्देशक नारायण प्रसाद ढकाल सहितको टोलीले आज अस्पतालमा सञ्चालित फार्मेसी सेवाको निरीक्षण तथा अनुगमन गरेका हुन्।उक्त टोलीले अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा, ओपिडी, इण्डोर, ओटी, कम्पाउण्डिङ फार्मेसी ल्याब लगायतका फार्मेसीहरुको निरीक्षण गरेको फार्मेसी विभाग प्रमुख सबिनराज लामिछानेले जानकारी दिए। 

    images
    images

    निरीक्षणका क्रममा भरतपुर अस्पतालले दिइरहेको सेवाको प्रशंसा गर्दै औषधिको भण्डारण शाखाको क्षमता बढाउन ढकालले सुझाव दिएको उनले बताए। विभागले भरतपुर अस्पतालमा सञ्चालित फार्मेसीहरु कुशल फार्मेसी अभ्यास निर्देशिका अनुसार भए नभएको पनि निरीक्षण गरेको छ। लामिछानेले हाल आफुहरु उक्त निर्देशिका अनुसार नै अभ्यास गरिरहेकाले छिट्टै नै यसको अभिलेखिकरणमा जाने प्रक्रियामा रहेको जानकारी दिए। 

    उनले भने, ‘हामीले अहिले कुशल फार्मेसी अभ्यास निर्देशिका अनुसार नै काम गरिरहेका छौँ। छिट्टै नै यसको प्रक्रिया पनि पुरा गर्छौ। महानिर्देशक ढकालज्यूले यसमा थप्नु र गर्नुपर्ने पक्षहरु सुझाव दिनु भएको छ। सोही अनुसार थप काम हुन्छन्।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend