images

२०८३ आश्विन १९ गते

images
images
images

जाडो शुरू भएसँगै घट्न थाल्यो डेंगुको संक्रमण

जाडो शुरू भएसँगै घट्न थाल्यो डेंगुको संक्रमण

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • जाडो समय शुरू भएसँगै चितवनका अस्पतालमा आएका बिरामीमा डेंगु र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ ।जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंगु देखिएकामा यस वर्ष १२ जनामा यो रोगको सङ्क्रमण भेटिएको छ ।

    images
    images

    कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार यस आवमा पाँच हजार ९२३ जनाको नमूना परीक्षण गरिएकामा अहिलेसम्म १७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।गत आवको मङ्सिरसम्ममा एक हजार ४६३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । गत आवभर १७ हजार ३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु भएको थियो ।जिल्लामा गत वर्ष साउनमा १६०, भदौमा ३४९, असोजमा ४८७, कात्तिकमा ३३४ र मङ्सिरमा ११३ जनामा डेंगुको सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार यसवर्ष साउनमा ४२ जना, भदौमा ४४ जना, असोजमा २९ जना, कात्तिकमा ४७ जना र मङ्सिरमा १२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।गत वर्षको तुलनामा यो वर्ष चितवनमा डेंगुको सङ्क्रमण कम पाइएको उनले बताए । उनले भने, 'पुस लागेसँगै यो रोगको सङ्क्रमण घट्दै जान्छ ।'

    यो रोग बढी मात्रामा शहरी क्षेत्रमा देखिएको उनले जानकारी दिए । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । डेंगु प्रजाति कुन हो र कसरी यसको विकास भएको छ भन्ने अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend