images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भदौ २४ को उपद्रवमा संलग्न आरोपमा...

भदौ २४ को उपद्रवमा संलग्न आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

भदौ २४ को उपद्रवमा संलग्न आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर गरिएको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूमा थुनामा रहेकाहरूलाई ‘हाजिर जमानी’मा रिहा गर्न सर्कुलर गरेको हो । गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार आरोपीहरूलाई छाड्न ‘गोप्य सर्कुलर’ जारी गरिएको छ ।भदौ २४ मा भएको उच्छृङ्खल गतिविधिमा संलग्न आरोपमा अहिलेसम्म ८७२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरू विरुद्ध ३९५ थान मुद्दा दर्ता भएको छ ।

    images
    images

    काठमाडौँको महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्यामा संलग्न बाहेक अरूलाई छाड्न सर्कुलर आएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । ती अधिकृतले भने, ‘हत्यामा संलग्न बाहेक अरूलाई रिहा गर्न भनिएको छ ।’

    सम्झौताको मस्यौदाकार मध्येका एकजना सरकारी अधिकृतका अनुसार ज्यान मार्ने र संगठित अपराधका घटना बाहेक आन्दोलनमा ढुङ्गा हानेको वा प्रतिरोधको क्रममा भएका घटनामा फौजदारी मुद्दा नचलाउने सहमति भएको थियो । तर, स्क्रिनिङ नगर्दै कसुरदारहरूलाई छाड्न सर्कुलर गरिएपछि दण्डहीनताले प्रश्रय पाउने प्रहरी अधिकृतहरू बताउँछन् ।यसअघि असोज ९ मा पनि  जेनजी प्रदर्शनमा सहभागी भएर उच्छृङ्खल गतिविधिमा संलग्नहरूलाई ‘स्क्रिनिङ’ गरेर रिहा गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि प्रहरीले पक्राउ परेकाहरूलाई हाजिर जमानीमा रिहा गरेको थियो । जेनजीसँगको सम्झौतापछि गृह मन्त्रालयले दोस्रो पटक जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई छाड्न आदेश गरेको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend