images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आज ६ कम्पनीको साधारणसभा बस्दै, कुन...

आज ६ कम्पनीको साधारणसभा बस्दै, कुन कुनले पारित गर्दैछन् लाभांश प्रस्ताव ?

आज ६ कम्पनीको साधारणसभा बस्दै, कुन कुनले पारित गर्दैछन् लाभांश प्रस्ताव ?

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • काठमाडौं । आज काठमाडौं र उपत्यका बाहिर समेत गरी कुल ६ वटा कम्पनीको साधारणसभा बस्दैछ । विभिन्न कम्पनीले यसअघि नै जारी गरेको सूचना अनुसार आज मंसिर २६ गते बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र शुभम पावर लिमिटेडको वार्षिक साधारणसभा बस्न लागेको हो । यसमध्ये साइन रेसुंगा, वरुण हाइड्रोपावर, सर्वाेत्तम सिमेन्ट र सगरमाथा जलविद्युत कम्पनीले लाभांशको प्रस्ताव पारित गर्न लागेका हुन् ।

    images
    images

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ। त्यस्तै, वरुण हाइड्रोपावर कम्पनीले कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५ प्रतिशत लाभांश पारित गर्दैछ। सर्वाेत्तम सिमेन्टले कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रप्तिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। सगरमाथा जलविद्युत कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस कम्पनीको सभाले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दैछ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend