images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • अरनिको राजमार्गकाे ‘ईको’ पहिरो रोकथामका लागि...

अरनिको राजमार्गकाे ‘ईको’ पहिरो रोकथामका लागि ठेक्का खुलाउन निर्देशन

अरनिको राजमार्गकाे ‘ईको’ पहिरो रोकथामका लागि ठेक्का खुलाउन निर्देशन

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अरनिको राजमार्गकाे ‘ईको’ पहिरो रोकथामका लागि तत्काल ठेक्का खुलाउन निर्देशन दिएका छन् । बिहीबार उनले मन्त्रालयका सचिव केशवकुमार शर्मालाई उक्त पहिरो रोकथामका लागि तत्काल ठेक्का आह्वान गर्न निर्देशन दिएका हुन् । 

    images
    images

    चालु वर्षमा मनसुनजन्य विपद्का कारण पहिरो जाँदा पटक-पटक उक्त सडक अवरुद्ध भएको थियो । साे सडकखण्डमा यो पहिरो लामो समयदेखि प्रमुख समस्याको रूपमा रहेको छ । उक्त पहिरो रोकथामका लागि  पहल नगरेको भन्दै स्थानीयले केहि दिनदेखि अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय जनताबाट अवरुद्ध राजमार्ग खुलाउने विषयमा छलफल गर्दै मन्त्री घिसिङले सचिव शर्मालाई पहिरो रोकथामको टेन्डर प्रक्रिया तुरुन्त सुरु गरी राजमार्ग अवरोध खुलाउन निर्देशन दिएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend