images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६...

नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौँ,  मङ्सिर २५ गते ।  नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो ।

    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले देशका विभिन्न भागबाट राजधानी काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।प्रहरीले आज मात्र ४६ जनालाई नियन्त्रणमा लिएको छ । “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend