images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • घट्यो अण्डाको मूल्य, अब कति पर्छ...

घट्यो अण्डाको मूल्य, अब कति पर्छ ?

घट्यो अण्डाको मूल्य, अब कति पर्छ ?

images
images
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ । १३ भदौमा घटेर तय भएको मूल्य फेरि २९ भदौमा घटेको हो ।नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो ।

    images
    images

    यसअघि १३ भदौमा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।

    अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।

    images
    images

    संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अन्डा उत्पादन बढ्दा भाउ घटेको हो । ‘अहिले माउ कुखुरा बिक्री राम्रो भएको छैन, नयाँ चल्ला पनि धेरै हुर्केका छन्, जसले अन्डा उत्पादन बढायो,’ उनले भने ।किसानले पाउने यो भाउ चितवनका किसानको फार्मलाई आधार मानेर तय भएको पोखरेलले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend