images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि...

पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • कास्की, २५ मङ्सिरः देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन सुरु भएको छ । पोखरा–२७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालय रहेको जमिनमा महानगरले एक सय बेड क्षमताको जलन र विशेषज्ञ अस्पताल निर्माणको योजना अघि सारेको हो ।     
         
    यस योजनामा कोरियन सहयोग नियोग (कोइका)ले सहयोग गर्ने र त्यसका लागि सम्भाव्यता अध्ययन गर्न कोइकाको टोली पोखरा आएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएकाछन् ।     
         
    उहाँका अनुसार कोइकाका देशीय निर्देशक मुहोन कोङसहित विभिन्न विषयका १७ जना कोरियाली विज्ञहरूको टोलीले पोखरामा रहेर अस्पताल निर्माण सम्बन्धमा आवश्यक परामर्श गरिरहेको छ ।     
         
    महानगर प्रमुख आचार्यले “पोखरामा विशिष्टीकृत बर्न हस्पिटल बन्ने पक्का भएको छ । यो अस्पताल बनेपछि पोखरा र यस वरपरका बासिन्दालाई अत्याधुनिक विशेषज्ञसहितको स्वास्थ्योपचार सुविधा प्राप्त हुनेछ । कोइकाको उच्चस्तरीय टोलीले यसका लागि विस्तृत अध्ययन सुरु गरिसकेको छ ।”     
         
    विसं २०८१ फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र महानगर प्रमुख आचार्य जलेर घाइते हुनुभएको थियो । पोखरामा जलनको अस्पताल नभएपछि उहाँहरूलाई काठमाडौँमा उपचार गरिएको थियो ।     
         
    सोही घटनापछि महानगर प्रमुख आचार्यले पोखरामा सुविधासम्पन्न बर्न अस्पतालको खाँचो महसुस गरी अस्पताल बनाउने घोषणा गर्नुभएको थियो । महानगरको चालु वर्षको नीति तथा कार्यक्रममा समेत अस्पताल बनाउने विषय समेटिएको छ ।     
         
    महानगरका अनुसार साविक लेखनाथ नगरपालिका कार्यालय रहेको क्षेत्रमध्ये तीन रोपनीमा वडा नं २७ को कार्यालय निर्माण भइसकेको छ । त्यसैगरी, पाँच रोपनीमा एसियाली विकास बैङ्कको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया अघि बढेको छ ।     
         
    नगरपालिकाको बाँकी रहेको २८ रोपनी जमिनमा जलन अस्पतालसँगै प्रसूति तथा स्त्रीरोग, बालबालिका, ट्रमा, मिर्गौला तथा अन्य आवश्यक विशिष्ट सेवा समावेश गरी ‘स्पेशलाइज्ड हस्पिटल’का रूपमा विकास गर्ने योजना रहेको छ ।     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend