images

२०८३ आश्विन १९ गते

images
images
images

बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवन

बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवन

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  •  विराटनगरका बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवन गराउने कार्यक्रमअन्तर्गत आज नयाँ १८१ जनालाई सेवन गराइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले जनाएको छ ।गत कात्तिक २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रमअन्तर्गत कात्तिकमा १६० बालबालिकालाई स्वर्णविन्दु सेवन गराइएको केन्द्रका प्रमुख डा प्रवोध चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने केन्द्रको कार्यक्रम छ ।

    images
    images

    स्वर्णविन्दु प्राशन सुनको भष्म, औषधि मिसाइएको घ्यू र महको मिश्रणबाट तयार गरिन्छ । स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षेत्रको दिनमा खुवाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक पटकमा एक हजार बालबालिकालाई यो खुवाउने गरी तयारी गरिएको छ । स्वर्णविन्दु प्राशनले बालबालिकाको स्मरण शक्ति र बानीमा सुधार हुने, पाचनशक्ति र शारीरिक बल वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता मजबुत हुने, बालबालिका ऊर्जावान्, तेजस्वी र सुन्दर हुनेलगायत परिवर्तन हुने केन्द्रका प्रमुख डा चौधरीले बताउनुभयो । 

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका कविराज निरीक्षक वैजनाथ साहले यसलाई परम्परागत आयुर्वेदिक औषधिका रूपमा विश्लेषण गर्नुभयो । “स्वर्णविन्दु प्राशन, जसलाई सूवर्ण प्राशन वा स्वर्ग प्राशन पनि भनिन्छ, यो एक परम्परागत आयुर्वेदिक औषधि पद्दति हो, जुन एक देखि पाँच वर्षका बालबालिकालाई सेवन गराइन्छ”, उहाँले भन्नुभयो ।“बालबालिकाको वर्षअनुसार दुईदेखि पाँच थोपा खुवाइन्छ । ब्राह्मी भन्ने एउटा जडीबुटी हो, जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्छ”, साहले भन्नुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend