images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • चालु आर्थिक वर्षमा नेपालगञ्जको पुँजीगत खर्च...

चालु आर्थिक वर्षमा नेपालगञ्जको पुँजीगत खर्च ७० प्रतिशत

चालु आर्थिक वर्षमा नेपालगञ्जको पुँजीगत खर्च ७० प्रतिशत

images
images
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
  • बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ ।

    images
    images

    नेपालगञ्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको बजेट रहेकोमा असार २४ गतेसम्म एक अर्ब ४७ करोड दुई लाख १५ हजार ६१७ रुपियाँ मात्रै खर्च भएको छ ।

    सो खर्चमध्ये चालुतर्फ ८३.४७ प्रतिशत र पुँजीगततर्फ ७०.१८ प्रतिशत गरी जम्मा ७९.२७ प्रतिशत खर्च भएको लेखा प्रमुख रावतले जानकारी दिनुभयो ।

    images
    images

    यसैगरी, चालु आवमा एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ रहेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा एक अर्ब ७५ करोड ४७ लाख एक हजार ३५९ रुपियाँ मात्रै प्राप्त भएको छ ।

    स्थानीय तहहरुमा असार २४ गतेदेखि आर्थिक कारोबार बन्द भएको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरभित्र पुँजीगततर्फ सतप्रतिशत खर्च हुने अवस्था निर्माणका लागि प्रयास गरिरहेको भन्दै आगामी वर्ष सबैको साथ र सहयोगमा पुँजीगत खर्च सतप्रतिशत पुर्‍याउन सकिने बताउनुभयो ।

    नेपालगञ्ज उपमहानगरले २३ वटै वडामा वडा कार्यालयको अलगै खाता सञ्चालन गरी आर्थिक कारोबारको अधिकार दिएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend