images

२०८३ आश्विन २५ गते

images
images
images

२४ दिनमा सरकारको खर्च १ खर्ब ७४ अर्ब, एकै दिन १४ अर्बको पुँजीगत खर्च

२४ दिनमा सरकारको खर्च १ खर्ब ७४ अर्ब, एकै दिन १४ अर्बको पुँजीगत खर्च

images
images
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
  •  आर्थिक वर्ष सकिन केहि दिनमात्र बाँकी रहँदा सरकारले पछिल्लो २४ दिनमा १ खर्ब ७४ अर्ब रुपैयाँ खर्च गरेको छ।

    images
    images

    आर्थिक वर्ष २०८०/०८१ को असार १ गतेसम्ममा ११ खर्ब ८१ अर्ब २९ करोड खर्च गरेको सरकारले असार २ गतेदेखि २५ गतेसम्ममा १ खर्ब ७४ अर्ब ९२ करोड खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

    यता चालु आर्थिक वर्षमा मंगलबारसम्म सरकारले ९ खर्ब ८९ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। यो सरकारले लिएको लक्ष्यको जम्मा ६९.५९ प्रतिशत मात्र हो।

    images
    images

    सरकारले यो वर्ष राजश्व संकलनबाट १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो। तस सधैँ झैँ यस वर्ष पनि लक्ष्य पूरा भएन।

    सरकारको पूँजीगत खर्च आइतबारसम्म १ खर्ब ५७ अर्ब ६७ करोड ९ लाख भएकोमा सोमबार मात्रै १४ अर्ब ४ करोड १३ लाख खर्च भएको छ। सोमबारसम्म यो खर्च कुल पूँजीगत खर्चको ५६.९७ प्रतिशत हो।

    यस्तै, चालू खर्च अन्तर्गत ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख अर्थात ८१.७९ प्रतिशत खर्च भएको छ।

    त्यस्तै, वित्तीय व्यवस्थातर्फ सरकारले ३ खर्ब ७ अर्बको खर्च गर्ने लक्ष्य लिएकोमा असार २५ सम्म २ खर्ब ५० खर्ब २६ करोड ७६ लाख रुपैयाँ अर्थात् ८१.४ प्रतिशत खर्च गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend