images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी...

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ ।करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आएका बागलुङ नगरपालिका निवासी एक महिलाले समाजले सङ्क्रमितलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको बताइन् । उनले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताइन् ।“आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा अध्ययन गर्छिन्, परिवार अरुको सरह नै छ, तर सङ्क्रमित भएको थाहा पाएपछि परिवार नै समाजबाट अपहेलित हुनुपर्ने, विद्यालयमा हेला हुनुपर्ने तथा विभिन्न लान्छना लाग्ने गर्दछ”, सङ्क्रमित महिलाले भनिन्, “सङ्क्रमित भएर अन्य नागरिक सरह हिँड्न समस्या छ, परिवारबाट तपाईँ खुलेमा हामीलाई सबैले सङ्क्रमितको परिवार भन्छन् भन्ने सुझाव आउँछ ।”

    images
    images

    संक्रमित बालबालिकाले समेत विद्यालयमा विभेद भएको भन्दै परिवारसँग गुनासो गर्ने गरेका छन् । बागलुङमा पछिल्लो समय संक्रमणको सङ्ख्या बढ्दै गए पनि खुलेरै समाजमा आउनेको संख्या न्यून छ । पछिल्लो समयमा संक्रमितले परीक्षण गर्ने, संक्रमण पश्चात औषधी सेवन गर्ने र सम्पर्कमा रहने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या भने बढिरहेको छ ।धौलागिरी अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टर र एड्स सम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी संक्रमित सम्पर्कमा आउन थाले पनि खुल्न भने नचाहने स्वास्थ्यकर्मी बताउँछन् ।धौलागिरी प्रादेशिक अस्पतालमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितको परामर्श, परिक्षण तथा नियमित रूपमा औषधी उपचार र गोपनियताका कारण सङ्क्रमित सम्पर्कमा भने आउन थालेका हुन् ।

    स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बागलुङमा १९ बालबालिकासहित २१५ जना संक्रमित नियमित औषधी सेवन गरिरहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार गत आर्थिक वर्षमा १० जना संक्रमित थपिएका थिए भने चालु आर्थिक वर्षमा सात जना संक्रमित थप भइसकेका छन् ।उनीहरूले सामाजिक विभेद रहेकाले आफूहरू खुल्न नसकेको बताउँदै आएका छन् । उनीहरूलाई गोपनियताको ढंगले औषधी दिने तथा परामर्श दिँदै आएको शर्माको भनाइ छ । परीक्षण र परामर्शको दायरा बढाएपछि संक्रमितको सङ्ख्या भने उकालो लागिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।एचआइभी सङ्क्रमितहरू अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँमा पुगेर नमूना सङ्कलन गरी गोप्य रूपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितको सङ्ख्या बढ्न थालेकोे धौलागिरि प्रादेशिक अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।सेन्टरले एचआइभी एड्ससम्बन्धी गैरसरकारी संस्थाहरूको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषणलगायत धेरै सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend