images

२०८३ आश्विन २० गते

images
images
images

राष्ट्रपतिद्वारा १० स्रष्टा सम्मानित

राष्ट्रपतिद्वारा १० स्रष्टा सम्मानित

images
images
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका स्रष्टाहरूलाई सम्मान गरेका छन्।

    images
    images

    सांस्कृतिक समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले १० जना स्रष्टाहरूलाई सम्मान गरेका हुन्। राष्ट्रपति पौडेलले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरे। 

    कार्यक्रममा साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउद सम्मानित भएका थिए। कार्यक्रममा समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गत वर्षदेखि सुरु गरिएको स्रष्टा सम्मान तथा देउडा महोत्सवलाई निरन्तरता दिने बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend