images

२०८३ आश्विन १६ गते

images
images
images

प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

images
images
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • काठमाडौँ । नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् ।

    images
    images

    नेपाल–जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि तोरुले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।  सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोर्‍याएका छन्।भेटमा प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत  विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सदभाव रहने विश्वास व्यक्त गरेकी छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend