images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • केएमसीले मकवानपुरको चखेलमा ६४८ बिरामीको निःशुल्क...

केएमसीले मकवानपुरको चखेलमा ६४८ बिरामीको निःशुल्क उपचार

केएमसीले मकवानपुरको चखेलमा ६४८ बिरामीको निःशुल्क उपचार

images
images
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले मकवानपुरको चखेलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

    images
    images

    इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ५ चखेलको आयोजनामा श्री कालीदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ६४८ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

    बिरामीमध्ये ११५ जनाको भिडियो एक्सरे, ८४ जनाको ईसीजी गरिएको थियो भने २९ जनाको दाँत निकालिएको थियो ।  बिरामीमध्ये ४२ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

    images
    images

    डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend