काठमाडौँ । मंसिर १८, आजको मौसम आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ।
दिउँसोको पूर्वानुमान दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। त्यस्तै, देशका अन्य भागहरूमा मौसम सामान्यतया सफै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम प्रणालीको अवस्था हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रत्यक्ष प्रभाव रहेको छैन, जसका कारण अधिकांश स्थानमा स्थिर र सफा मौसम रहने अनुमान गरिएको छ।




.gif)





