images

२०८३ आश्विन २५ गते

images
images
images

चालु आर्थिक वर्षमा मधेशको ४४ प्रतिशत बजेट फ्रिज

चालु आर्थिक वर्षमा मधेशको ४४ प्रतिशत बजेट फ्रिज

images
images
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
अर्थ समाचार
बुधवार, आषाढ २६ २०८१
  • २६ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा पनि ठूलो बजेट खर्च गर्न सकेन ।

    images
    images

    मधेश सरकारले चालु आवका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन कुल बजेटको ५५.७५ प्रतिशत हो ।

    मधेश सरकारले चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख २ खर्च गरेको छ ।

    images
    images

    पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ ।

    यसअघि आर्थिक वर्ष २०७९/८० ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो ।

    आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट नै फ्रिज भएको थियो । उक्त वर्ष ३४ अर्ब ८८ करोड ९८ लाखमध्ये १७ अर्ब ७६ करोड ३६ लाख बजेट मात्र खर्च भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend