images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौँ । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    images
    images

    उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ । यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।

    नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले भने यो विषयमा आधिकारिक रूपमा आफूलाई जानकारी नभएको बताइन् । ‘मलाई आधिकारिक रूपमा यसबारे जानकारी छैन,’ उनले भनिन्, ‘आधिकारिक नभई मैले बोल्न मिल्दैन ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend