images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • डेंगी संक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या...

डेंगी संक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव, मर्मतसम्भार नहुँदा थन्किए नौ एम्बुलेन्स

डेंगी संक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव, मर्मतसम्भार नहुँदा थन्किए नौ एम्बुलेन्स

images
images
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं ।  पर्वत- डेंगी संक्रमित को संख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।

    images
    images

    पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेंगीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ।

    अस्पताल संक्रमित ले भरिभराउ छ। साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ। ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको संख्या अधिक छ। सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन्।

    images
    images

    नौ वटा एम्बुलेन्स थन्किए
    यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन्। हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन्।विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन्। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend