images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • विद्यालय भएको भवन जल्दा ५० लाखको...

विद्यालय भएको भवन जल्दा ५० लाखको क्षति

विद्यालय भएको भवन जल्दा ५० लाखको क्षति

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • सदरमुकाम त्रियुगा नगरपालिका–१० बोक्सेस्थित एउटा विद्यालयछेउको घर आगलागीबाट नष्ट भएको छ। आइतबार बिहान ८:४५ बजे एक्कासि उब्जिएको आगोले स्थानीय हिमालय डेल एकेडेमीसँगै जोडिएको कृष्ण खत्रीको २ तले घर नष्ट पारेको हो।  स्कुलसँगै जोडिएको घर आगोले ध्वस्त भए पनि विद्यालयमा भने कुनै क्षति भएको छैन। स्थानीयले आगलागी भएको खबर गरेपछि प्रहरी टोली परिचालन गरी थप क्षति हुन नदिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए। आगलागीको जानकारी आएलगत्तै वरिष्ठ प्रहरी नायब निरीक्षक गंगाराम राईको नेतृत्वमा टोली परिचालन गरी नगरपालिकाको दमकल बोलाएर नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा ११:३० बजे भित्र आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको छ।

    images
    images

    प्रहरीका अनुसार आगोले धन सम्पत्तिमा निकै ठुलो क्षति गरेको अनुमान छ। तर मानवीय क्षति भने भएको छैन। डिएसपी दोङका अनुसार स्कुल खुल्ने बेला नभइसकेकाले विद्यार्थी कोही नआइपुगेको र पक्की विद्यालय भवनहरू भएकाले आगो ती भवनहरूमा सल्किन पाएन्। भुइँतलामा ५ कोठा सिमेन्टेड र पहिलो तलामा ५ कोठा काठे सिमेन्ट टायलको १० कोठे घर आगोले नष्ट पारेको प्रहरीले जनाएको छ। घरधनी खत्रीलाई उद्धृत गर्दै प्रहरीले घरभित्र राखेको २ तोला सुन, १ सय ५० तोलाको चाँदीको करुवा, ४५ तोलाको चाँदीकै खरकुँडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, फर्निचर, वासिङ मेसिन, लुगाफाटा र अन्य सामान जलाएको जानकारी दिएको छ।  

    आगो नियन्त्रणमा आएकाले अहिले क्षतिको विवरण संकलन र मुचुल्का उठाउने काम भइरहेको छ। विद्यालयका सञ्चालकसमेत रहेका खत्री दम्पती आगलागी हुँदा घरमै थिए। आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन। खत्री दम्पतीले खाना भर्खर खाइसकेर आराम गरिरहेका बेला एकै चोटि धुवाँको मुस्लो देखेर हेर्न जाँदा आगो दन्किरहेको प्रहरीलाई खबर गरेका थिए। पुरानो घर भएकाले वायरिङ समस्याले विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend