images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम,एकैदिन...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम,एकैदिन ३ हजारले बढ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम,एकैदिन ३ हजारले बढ्यो

images
images
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं ।  स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि बढेकाे छ।  

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

    यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो।

    images
    images

    बिहिबार दिन भने छापावाला सुनको मूल्य प्रतितोला १  लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो। आज चाँदीको मूल्य पनि बढेको छ। 

    चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend