images

२०८३ आश्विन १७ गते

images
images
images

असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालन हुने

असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालन हुने

images
images
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं । सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवस (असोज) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने र सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको हो ।

    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए । त्यतिबेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो । २०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो । भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ ।

    उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ । यसअघि ९ तले रहेकामा अहिले धरहरा २२ तले छ । लिफ्टको प्रयोग गरेर माथि जान सकिने व्यवस्था मिलाइएको छ । भूकम्पले भत्कनुअघि धरहरा काठमाडौं महानगरले सञ्चालन गर्दै आएको थियो । महानगरले साइडवार्कर्स नामको निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend