images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • करिब पाँच लाख प्याजका बेर्ना बेच्दै...

करिब पाँच लाख प्याजका बेर्ना बेच्दै इन्द्र दम्पत्ति

करिब पाँच लाख प्याजका बेर्ना बेच्दै इन्द्र दम्पत्ति

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • रेसुङ्गा(गुल्मी), मङ्सिर १४ गते । गुल्मीको सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहाले करिव पाँच लाख प्याजका बेर्ना बेच्दै हुनुहुन्छ । अहिले प्याज लगाउने मौसम सुरु भएको छ । दम्पत्तिले स्थानीय तथा बाहिरका बजारमा समेत पठाउने गरेर प्याजका बेर्ना लगाउनुभएको थियो ।मूल्य कम परेपनि धेरै बेच्दा राम्रो आम्दानी हुने गरेको छ । अहिले प्याजका बिरुवा दुई रुपियाँमा बिक्री हुने गरेको प्रेमकलाले बताउनुभयो । बिरुवा आफैँमा संवेदनशिल हुने भएकाले धेरै टाढा लैजान मुस्किल पर्छ । मोटरसाइकलमा बोकेर स्थानीय र बाहिरी बजारसम्म पुग्ने गरेको ईन्द्र विश्वकर्माले बताउनुभयो ।

    images
    images

    उहाँले अहिलेसम्म दुई लाख बिरुवा बेचेको बताउनुभयो । इन्द्र दम्पत्तिको कृषि मोह निकै लोभ लाग्दो छ । प्रेमकला आफैँ पनि जनप्रतिनिधि हुनुहुन्छ । तर पनि श्रीमान इन्द्रसँग घरमा फर्सुद निकालेर काम गरेकाले राम्रो कृषी उत्पादन भइरहेको छ ।उहाँहरुको बारीमा अहिलेकै सिजनमा आठ हजार गोपी थिए । जसबाट २५ क्वीन्टल गोपी बिक्री भएको छ । गोपी बाहेक अहिलेनै सय क्वीन्टल बढी तरकारी बिक्री भएको विश्वकर्माले बताउनुभयो ।इन्द्र कामकै लागि मलेसिया र भारत पुग्नुभयो । ०७२ सालमा घर फर्किएर तीन वर्ष गाउँमै बस कुँदाउँदा पनि सोँचे अनुसारको कमाइ भएन । पछिल्ला डेढ दशक कृषिमा बिते । तर पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्ममार्फत पाँच वर्षदेखि मात्रै व्यवसायीक कृषि गरिरहनुभएको छ । विश्वकर्माले अहिले क्याप्सिकम, सीमी र काँक्रासहित कुखुरापालन व्यवसाय गरिरहनुभएको छ ।

    इन्द्रको बारीमा सिमी पनि राम्रो फल्यो । सिमीकै मौसम भएकाले मूल्य सोँचे अनुसार भएन् । तर करि १५ क्वीन्टल सिमी र क्याप्सिकम बिक्री भयो । धेरै पहिलेबाट टमाटर खेती गरिरहनु भएका विश्वकर्माकाले अहिले मात्रै करिव ७० क्वीन्टल टमाटर बिक्री भएको दाबी गर्नुभयो । विश्वकर्माकोमा भक्तपुरे जातको काँक्राका पनि साढे दुई सय बोट थिए । टमाटर, सिमी, क्याप्सिकम र काँक्रा गरेर एक टनभन्दा बढी बिक्री गरेको कृषक इन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।२०७९ सालमा असिनाले ध्वस्त बनाएपछि कृषि कर्मबाट हात धुने स्थिति समेत भोग्नु भएका इन्द्रले पाँच लाख खर्च गरेर हेल्दी नेट प्रयोग गरेर कृषि गरिरहनु भएको छ । हेल्दीनेट महङ्गो हुने भएकाले सवै कृषकको पहुँचमा छैन ।

    images
    images

    इन्द्र दम्पत्तिले कृषि बाहेक आठ सय बढी कुखुरा, १० बाख्रासहित बंगुर पालन गर्नुभएको छ । श्रीमती प्रेमकला गाहा सत्यवति गाउँपालिका–३ को वडासदस्य हुनुहुन्छ । उहाँले वडाको कामसहित श्रीमानसँगै कृषि कर्ममा जोडिनु भएको छ । गाउँभर कृषि क्षेत्रमा उर्जा छ । अरुलाई कृषिमा लाग्न उत्प्रेरित गर्न आफुबाट सुरु गर्नुपर्ने गाहाको तर्क छ । सत्यवति गाउँपालिकाले कृषकका सबै उत्पादन बुटवलको २८ नं सटरमा बिक्री गर्ने प्रबन्ध गरिरहेको छ ।सवै उत्पादन अहिलेसम्म बुटवलमै बिक्री भइरहेको गाहाले बताउनुभयो । उहाँले खर्च कटाएर परदेशमा बराबर कमाई घरमै भइरहको बताउनुभयो । कृषि ज्ञान केन्द्रबाट थोपा सिँचाइ प्रविधि, पालिका तथा वडाबाट गत वर्ष टनेल सहयोग भएको थियो । उहाँले वर्षातमा पानी परे सडक समस्या हुने भएकाले राज्यले सडक सञ्चालनमा सहयोग गर्नुपर्ने आशा व्यक्त गर्नुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend