काठमाडौँ, मंसिर १२ । सशस्त्र प्रहरीमा दुई उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार स्वास्थ्य समूह र साधारण समूहबाट एक–एक जनालाई पदोन्नति सिफारिस गरिएको हो।
स्वास्थ्य प्राविधिक समूहतर्फ रिक्त रहेको एक पदका लागि डा.प्रविन नेपाललाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ। यस्तै, साधारण समूह अन्तर्गत उच्च पदमा बढुवा भएपछि रिक्त बनेको एक पदका लागि समिक कुमार महर्जनलाई वरिष्ठ उपरीक्षकमा सिफारिस गरिएको सचिवालयले जनाएको छ।
सिफारिसपछि आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरूलाई औपचारिक रूपमा पदोन्नति हुने छ।





.gif)





