images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • आज पनि दोहोरो अंकले बढ्यो नेप्से,...

आज पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ६ अर्ब माथि

आज पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ६ अर्ब माथि

images
images
बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • ११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ ।यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो ।आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो ।१३१ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । आज बैंकिङ समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढेको छ ।

    images
    images

    त्यस्तै विकास बैंक ०.१७, होटल तथा पर्यटन ०.३३, हाइड्रोपावर ०.०१, लगानी ०.७२, जीवन बीमा ०.१४, निर्जीवन बीमा ०.०८ प्रतिशत बढे । व्यापार ०.१४, अन्य ०.०५, उत्पादन तथा प्रशोधन ०.२६, माइक्रोफाइनान्स ०.३५ तथा फाइनान्स ०.३८ प्रतिशत घटे ।चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ९.६२, हिमाल दोलखा हाइड्रोपावरको ५.८१ प्रतिशत मूल्य घट्यो ।हिमस्टार ऊर्जा र फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशत घट्यो । माहुली लघुवित्तको ४.१६, जोशी हाइड्रोपावरको ३.६१ प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र युनाइटेड मोदी हाइड्रोपावर छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend