images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • परीक्षण सफल भएपछि चिस्यान केन्द्र निरन्तर...

परीक्षण सफल भएपछि चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

परीक्षण सफल भएपछि चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

images
images
बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्रको परीक्षण सफल भएपछि नियमित रूपमा सञ्चालनमा आएको छ ।  किसानबाट उत्पादित एक सय ६१ बोरा बीउ आलु र खायन आलु परीक्षणका रूपमा भण्डारण गरिएकामा उक्त परीक्षण सफल भएपछि नियमित सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । एक सय तीस मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो ।

    images
    images

    किसानद्वारा उत्पादित आलु नगरपालिकाले निःशुल्क रूपमा परीक्षण गरेको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्योहोर्ने जनाएपछि भण्डारण गरिएको हो ।” नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार २४६ रहेकामा थप रु १९ लाख ९८ हजार ६२७ वृद्वि भई करसहित निर्माण सम्पन्न हुँदा रु करोड ९१ लाख ३२ हजार ७२२ पुगेको जानकारी दिनुभयो । विद्युत् ट्रान्समिटर जडान कार्यमा ढिलाइ हुँदा सञ्चालनमा ल्याउन एक वर्ष ढिला भएको थियो । वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोगचलान गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरेको हो । 

    योसँगै नगरपालिकामा उत्पादन भएका आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्ण रूपमा भण्डारण गरी राख्न सकिने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताउनुभयो । नगरमा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब रु पाँच करोड बाहिरिनबाट रोकिने उहाँले जानकारी दिनुभयो ।  व्यसमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषिउपज भण्डारण गरी सुरक्षित राख्न सकिने छ । यसका साथै कृषिउपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्या अन्त्य हुने व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।  केन्द्र सञ्चालनमा आएसँगै कृषिउपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । विशेषगरी आलु, सागसब्बी तथा अन्य कृषिउपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend