काठमाडौं। साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५० अंक बढेर २६७०.१० विन्दुमा पुगेको छ। यस सेसनमा ३६ लाख ७ हजार ९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ६० कम्पनीको ८ हजार ६२९ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



