काठमाडौँ । मंसिर ११, आज देशका केही प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा बिहान र दिउँसो दुवै समयमा आंशिक बदली रहनेछ। ती प्रदेशबाहेक देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने देखिएको छ।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले ठूलो परिवर्तन हुने अपेक्षा छैन। न्यूनतम र अधिकतम तापक्रम सामान्य अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यद्यपि बिहान–बेलुकाको चिसो थप बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।




.gif)





