images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • भगवती कम्पोजिट इण्डष्ट्रिजको आईपीओ आउँदै, बिक्री...

भगवती कम्पोजिट इण्डष्ट्रिजको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा नेपाल लाइफ

भगवती कम्पोजिट इण्डष्ट्रिजको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा नेपाल लाइफ

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिजले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ  । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशतले हुने ६ लाख ४४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्न लागेको हो ।यसका लागि कम्पनीले बुधबार नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  नेपाल लाइफ क्यापिटलको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न कार्यक्रमबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य वस्तु उत्पादन गर्दै आएको छ । उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादन नेपाली बजारमा उपलब्ध गराउनु कम्पनीको उद्देश्य छ ।

    अहिले कम्पनीले एसएमसी प्रणालीमा आधारित अत्याधुनिक कभरहरू, डब्लुपीसी उच्च घनत्वयुक्त होलो ढोका, पार्टेसन बोर्ड एवम् वाल क्याडिङ्ग, वाल प्यानल उत्पादन गर्दै आएको छ । फाइभर रिइन्फोर्सर्ड प्लाष्टिक टेक्नोलोजी अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड लगायतका फाइबर उत्पादन समेत कम्पनीले उत्पादन गर्दै आएको छ ।त्यस्त्र, नेपाल लाइफ क्यापिटलले धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त गरेको छ । यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend