images

२०८३ आश्विन २२ गते

images
images
images

एकीकृत स्वास्थ्य पोषण परियोजनाको शुभारम्भ

एकीकृत स्वास्थ्य पोषण परियोजनाको शुभारम्भ

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  •  काठमाडौँ २७ भदौ । विपन्न र सीमान्तकृत समुदायका महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषणस्थिति सुधार गर्ने नयाँ परियोजना आजदेखि शुरु भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को ७ करोड २० लाख अमेरिकी डलर अनुदान सहयोगमा कार्यान्वयन हुने पाँच वर्षे युएसएआइडी एकीकृत पोषण परियोजनाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बिहीबार शुभारम्भ गरे ।

    images
    images

     मन्त्रालयका प्रवक्ता डा प्रकाश बुडाथोकीका अनुसार युएसएआईडी एकीकृत पोषण परियोजनाले घरपरिवार तथा समुदायस्तरमा स्वास्थ्य, पोषण, र स्वच्छता अभ्यासहरू सुधार गर्न, स्वास्थ्य सेवाहरूको पहुँच र गुणस्तर वृद्धि गर्न, र पोषिलो तथा विविधतापुर्ण खानामा सीमान्तकृत समुदायको पहुँच बढाउन शासकीय सुधार गर्न संघीय, प्रादेशिक र स्थानीय सरकारहरूसँग काम गर्ने बताए ।

     नेपालमा विसं २०६९ देखि बहुक्षेत्रीय पोषण योजना लागू भई कार्यान्वयन भैरहेको छ । देशको सात प्रदेशका ४८ जिल्लाका सबै ४९८ स्थानीय तहहरूमा कार्यान्वयन हुने यो तेश्रो परियोजनाले बहुक्षेत्रीय पोषण योजनाका लक्ष्य प्राप्त गर्न नेपाल सरकारका तीनै तहसंग समन्वय गरी काम गर्नेछ ।

    images
    images

     यसबीच कार्यक्रमको शुभारम्भको अवसरमा बोल्दै पौडेलले पछिल्लो दशकमा मातृ तथा बाल पोषण सुधारमा प्रगति भए पनि दिगो विकास लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले भने, ‘युएसएआइडी र नेपाल सरकार बीचको यो नयाँ सहकार्यले हामीलाई निरोगी पुस्ता बनाउने लक्ष्य प्राप्तिमा सघाउनेछ।’

     कार्यक्रममा मन्त्रालयका सचिव डा रोशन पोखरेलले, नेपाली जनताको पोषण सुधारमा युएसएआईडीको निरन्तर र उल्लेख्य प्रतिबद्धता रहेको भन्दै नयाँ परियोजना हाम्रो यही दीर्घकालीन साझेदारीको थप प्रमाण भएको बताए ।

     युएसएआईडीका नेपाल मिसन निर्देशक केटी डोनोहोले युएसएआईडी एकीकृत पोषण परियोजनामा नेपाल सरकारसँगको साझेदारीले पोषण स्थिति सुधार मात्र होइन भविष्यप्रति आशा र भरोसा पनि बढाउने बताए ।

     उनले त्यस्तो भविष्यको सिर्जना गर्ने वारे हो जहाँ प्रत्येक व्यक्तिलाई आफ्नो पूर्ण क्षमताको उपभोग गर्ने अवसर प्राप्त हुनेछ भन्दै यो भिजनलाई साकार पार्न आफूहरु नेपाली जनतासँग हात मिलाएर काम गर्न प्रतिबद्ध रहेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend