images

२०८३ आश्विन १५ गते

images
images
images

बैंकिङ कसुर मुद्दामा फरार १० जना प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार १० जना प्रतिवादी पक्राउ

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौँ । प्रहरीले भक्तपुरबाट बैंकिङ कसुर मुद्दामा फरार १० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बस्ने राधादेवी श्रेष्ठ लगायत छन् । श्रेष्ठ विरुद्ध भक्तपुर जिल्ला अदालतले कैद सजाय हुने ठहर गरेको थियो । 

    images
    images

    ४० लाख बिगो माग गरिएको चेक अनादर मुद्दामा २ वर्ष कैदमा राख्ने आदेश अनुसार श्रेष्ठलाई कारागार चलान गरिएको भक्तपुरका एसपी सुर्य बहादुर खड्काले  बताए । उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।  मंसिर ९ र ८ मा बैंकिङ कसुर र चेक अनादर मुद्दाका थप ९ जनालाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend