काठमाडौँ । मंसिर ९, आज देशभर अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिने अनुमान गरिएको छ।

महाशाखाले दिएको जानकारी अनुसार कोशी प्रदेशका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। अन्य भूभागमा भने आकाश खुल्ला रहने अपेक्षा गरिएको छ।

महाशाखाले मौसम परिवर्तनका कारण उच्च भूभागमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।




.gif)





