images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • कतार पठाउन थालियो नेपालमा उत्पादित हरियो...

कतार पठाउन थालियो नेपालमा उत्पादित हरियो तरकारी

कतार पठाउन थालियो नेपालमा उत्पादित हरियो तरकारी

images
images
अर्थ समाचार
बिहिवार, भाद्र २७ २०८१
अर्थ समाचार
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न थालिएको हो ।

    images
    images

    बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूतलाई हरियो तरकारी हस्तान्तरण गरिएको छ ।ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवर्धन कार्यक्रमअन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

    दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले किसानहरूले उत्पादन गरेको हरिया तरकारी निर्यातसँगै मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानलाई प्रोत्साहन हुने बताए ।

    images
    images

    तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरूलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend