images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • चाडबाडको सिजन सकिएसँगै घट्यो स्मार्टफोन आयात,...

चाडबाडको सिजन सकिएसँगै घट्यो स्मार्टफोन आयात, कात्तिकमा २.२२ अर्ब कम भित्रियो

चाडबाडको सिजन सकिएसँगै घट्यो स्मार्टफोन आयात, कात्तिकमा २.२२ अर्ब कम भित्रियो

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौँ । कात्तिकमा स्मार्टफोन आयात ह्वात्तै घटेको छ । स्मार्टफोन बिक्रीको मुख्य सिजन दशैँ तिहार लगायतका पर्व सकिएसँगै आयातमा गिरावट देखिएको हो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिकमा दुई अर्ब ५२ करोड रुपैयाँ बराबरका एक लाख ३८ हजार ९६६ थान स्मार्टफोन मात्रै आयात भएका छन् । जबकि चाडबाडको सिजन अनुरूप भदौ र असोजमा औसतमा पाँच अर्ब रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका थिए ।अघिल्लो महिना असोजमा चार अर्ब ७५ करोड रुपैयाँ बराबरका करिब तीन लाख थान र भदौमा पाँच अर्ब ४५ करोड रुपैयाँ बराबरका तीन लाख १० हजार ३६० थान स्मार्टफोन आयात भएका थिए ।

    images
    images

    विभागका अनुसार कात्तिकमा सरकारले स्मार्टफोन आयातबाट ४७ करोड १० लाख रुपैयाँ कर सङ्कलन गरेको छ । जब कि भदौमा स्मार्टफोन आयातबाट एक अर्ब र असोजमा ८८ करोड ६३ लाख रुपैयाँ कर उठेको थियो ।चालु आर्थिक वर्ष २०८२/८३ मा भदौमा नै सर्वाधिक स्मार्टफोन नेपाल भित्रिएका थिए । साउनमा तीन अर्ब ४१ करोड रुपैयाँ बराबरका करिब दुई लाख थान स्मार्टफोन आयात भएको देखिन्छ । जसबाट सरकारले ६३ करोड ७९ लाख रुपैयाँ भन्सार उठाएको थियो । 

    साउनदेखि कात्तिकसम्म चीनबाट सर्वाधिक १३ अर्ब रुपैयाँ बराबरका आठ लाख २४ हजार ७४९ थान स्मार्टफोन आयत भएका छन् । त्यसपछि भारतबाट तीन अर्ब रुपैयाँ बराबरका एक लाख १७ हजार ५८७ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । अन्य बाँकी देशबाट आयातित स्मार्टफोनको सङ्ख्या चार महिनामा पाँच सय थानभन्दा कम रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend