images

२०८३ आश्विन २२ गते

images
images
images

नौ दिनमा थपिए १३ सय डेंगी संक्रमित, देशभर आठ हजार बढीमा संक्रमण

नौ दिनमा थपिए १३ सय डेंगी संक्रमित, देशभर आठ हजार बढीमा संक्रमण

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । यो सेप्टेम्बरका नौ दिनमा (१ देखि ९ सम्म) देशभर १३ सयभन्दा बढी डेंगी संक्रमित थपिएका छन् । पछिल्ला नौ दिनमा एक हजार ३१३ जनामा डेंगी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

    images
    images

    योसँगै यो वर्ष (सन् २०२४ सेप्टेम्बर ९ सम्म) देशभर डेंगी संक्रमितको संख्या आठ हजार १५९ पुगेको छ ।सबैभन्दा धेरै तनहुँमा एक हजार ३०६ जना संक्रमित भएका छन् । कास्कीमा एक हजार ४०, स्याङ्जामा ७४९, काठमाडौंमा ६८७ र चितवनमा ५८९ जनामा डेंगी पुष्टि भएको छ ।

    यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ ।हुम्ला र डोल्पाबाहेकका ७५ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend