images

२०८३ आश्विन १६ गते

images
images
images

४ महिनामा ९२ अर्बको पेट्रोलियम पदार्थ आयात

४ महिनामा ९२ अर्बको पेट्रोलियम पदार्थ आयात

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा (साउनदेखि कात्तिकसम्म) ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १८‍.७१ प्रतिशतले बढी हो ।गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो । कुल आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ ।

    images
    images

    ४ महिनामा ९२ अर्ब  ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । यसैगरी दोस्रो धेरै आयात हुनेमा फलाम र तेस्रोमा खाने तेल तथा घ्युजन्य वस्तु रहेका छन् ।५७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

    यसैगरी ४३ अर्ब ३८ करोड २ लाख रुपैयाँको विद्युतीय उपकरण, ४० अर्ब ५९ करोड २६ लाख रुपैयाँको बोइलर मेसिन, ३७ अर्ब ६९ करोड ५ लाख रुपैयाँको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । २४ अर्ब ४१ करोड ७३ लाख रुपैयाँको मोती, पत्थरजन्य वस्तु आयात भएको छ । २१ अर्ब ८९ करोड ३५ लाख रुपैयाँको प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु, १५ अर्ब ७४ करोड १४ लाख रुपैयाँको  खाद्यान्न, २२  अर्ब २३ करोड २९ लाख रुपैयाँको फलफूल र तरकारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend