images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय परिचयपत्र मार्फत एक हप्ता थपिए...

राष्ट्रिय परिचयपत्र मार्फत एक हप्ता थपिए ६ हजार मतदाता

राष्ट्रिय परिचयपत्र मार्फत एक हप्ता थपिए ६ हजार मतदाता

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • वालिङ (स्याङ्जा) मङ्सिर ७ गते । सरकारले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावलीमा नाम समावेश गर्न पाउने व्यवस्था मिलाएको एक हप्तामा नै स्याङ्जामा ६ हजारभन्दा धेरै मतदाता थपिएका छन् ।यही असोज २८ गतेदेखि मङ्सिर ५ गतेसम्म परिचयपत्रमार्फत ६ हजार तीन सय ८४ मतदाता थपिएका हुन् । सरकारले तोकेको यस पटकको अवधीमा जिल्लामा ८ हजार २२५ नयाँ मतदाता थपिएका छन् ।

    images
    images

    राष्ट्रिय परिचयपत्र मार्फत नामावली समावेश गर्न पाउँदा विदेशमा रहेका तथा कामको शिलशिलामा बाहिर रहेकाहरु धेरै लाभान्वित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर २० गते मतदाताको प्रारम्भिक नामावली प्रकाशन हुने र त्यस पछि अद्यावदिकको काम सुरु हुने छ ।

    नाम दोहोरो परेका, कागजात तथा रित नपुगेका, मृत्यु भएकाहरुको विवरण अद्यावदिक पश्चात पुस १५ मा अन्तिम नामावली तयार हुने प्रमुख थापाको भनाइ छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जामा मतदाता नामावली अध्याबधिक गर्ने काम पूरा भएपछि मात्रै जिल्लाको पूरा मतदाता विवरण तयार हुने उहाँले जानकारी दिनुभयो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend