images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नारायणघाट-बुटवल सडक आज र भोलि राति...

नारायणघाट-बुटवल सडक आज र भोलि राति पाँच घण्टा बन्द हुने

नारायणघाट-बुटवल सडक आज र भोलि राति पाँच घण्टा बन्द हुने

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • नवलपुर, मंसिर ५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडकमा आज र भोलि राति पाँच  घण्टा बन्द हुने भएको छ ।सडक विभागले एक सूचना निकाली गैँडाकोट र नारायणघाटको बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि आज र भोलि राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको हो ।

    images
    images

    विभागले दुई दिन पूर्वबाट नारायणघाट हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणघाटतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने जनाएको छ ।पूर्वपश्चिम राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले नारायणघाट र गैँडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक (गैंडाकोट तर्फको) कालोपत्रे गर्न सम्पूर्ण यातायातका साधनमा रोक लागेको जनाएको छ ।गत ७ वर्षदेखि नारायणघाट-बुटबल सडक विस्तारको काम भइरहेको छ । हालसम्म झण्डै ७४ प्रतिशत भौतिक प्रगति भएको ठेकेदार कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend