images

२०८३ आश्विन १६ गते

images
images
images

जुम्लामा थपिए आठ सय ४९ मतदाता

जुम्लामा थपिए आठ सय ४९ मतदाता

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८४९ नयाँ मतदाता थपिएका छन् ।जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नारायणी आचार्यका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ५० प्रतिशत हाराहारीमा युवापुस्ता रहेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या आयोगले आजसम्म समय तोकेको छ । अहिले अनलाइनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरेकाले जिल्लामा बिहीबारसम्म ८४९ मतदाता थपिए । जसमध्ये महिला ३७३ र पुरुष ४७६ रहेका छन् । बाहिरी जिल्लाका ९७ जनाले जिल्लाबाट नयाँ मतदाताका रुपमा नाम दर्ता गरेका छन् ।

    images
    images

    जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाता सङ्ख्या ६७ हजार ७३६ रहेको छ । जसमा पुरुष ३५ हजार २७५ र महिला ३२ हजार ४६१ रहेका छन् । हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्नका लागि केन्द्रिय निर्वाचन आयोगमा सिफारिस गरिएको निमित्त प्रमुख आचार्यले जानकारी दिइन् ।

    एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा जिल्लाभरि ७९ मतदानस्थल र १०२ मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको छ । निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर आजसम्मका लागि थप गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend