images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • अब ड्राइभिङ लाइसेन्स छापिएको जानकारी विभागको...

अब ड्राइभिङ लाइसेन्स छापिएको जानकारी विभागको फेसबुक पेजबाटै दिइने

अब ड्राइभिङ लाइसेन्स छापिएको जानकारी विभागको फेसबुक पेजबाटै दिइने

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • काठमाडौँ । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइेन्स छपाई सम्बन्धी जानकारी फेसबुक पेजबाटै दिने भएको छ । सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाई गर्न थालेपछि विभागले वितरणका लागि आफ्नो अनलाइन सिस्टमको साटो सामाजिक सञ्जाल प्रयोग गर्ने भएको हो ।

    images
    images

    यसअघि विभागको अनलाइन सिस्टम (applydlnew.dotm.np/login) मार्फत अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फाराम भरी एप्रुभ भए पश्चात् ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भन्दै नोटिफिकेसन जाने गरेको थियो । तर २४ भदौको जेनजी आन्दोलनमा विभागको कार्यालयसँगै सिस्टम समेत जलेर ध्वस्त भएपछि विभागले कामचलाउ रूपमा सेवा प्रवाह गरिरहेको छ ।हालै मात्र सुरक्षण मुद्रण केन्द्रबाट क्यूआर कोड सहितको लाइसेन्स छपाई सुरु भएको छ । यसरी केन्द्रबाट छपाई सम्पन्न भई वितरणका लागि प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागले आफ्नो फेसबुक पेजमा प्रकाशन गर्ने भएको हो ।

    विवरणमा नाम समावेश भएको अवस्थामा आवेदकहरूलाई सक्कल राजस्व रसिद (नवीकरण तथा वर्ग थपको हकमा पुरानो सवारी चालक अनुमतिपत्र) साथमा लिई विभागमा उपस्थित हुन भनिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend